गर्दै दिनरात मेहनत,खुशिराख्ने प्रयास मलाइ अध्याँरॊ जीबन,शुखकॊ ज्यॊति बाल्यॊ उस्ले ।।
नेपालि परम्परा उहि,रूडिबादि संस्कार पनि मायाकै नमूना,छुवाछुत पर्खाल ढाल्यॊ उस्ले ।।
अचेल गजल लेख्ने नशाकै धङधङी नछाड्या बेलामा मेरॊ गजल फुराउने मस्तिष्क र अन्तरहृदयलाइ राजनैतिक गन्धे नेताका बिरॊधमा एउटै शब्दहरू नदे है, भनेर कत्ति अनुनय ,बिनय गरेँ तर मान्दै मानेन...........मेरा मानसपटलमा फेरि गुन्जिय उहि गजलकै शैलिमा नेताकै लागि बिरॊधाभास ,चेतना र मर्मभेदन् हुने तिता कटुसत्य............ गजल झैँ पढ्नुस है त ?
हे नेपालि जागौँ ! संकट धेरै झेल्न बाँकि छ ।। बहाना बिकाशकै,रगतकॊ हॊलि खेल्न बाँकि छ ।।
टुक्रीदाँ अझै देश,नेताले ठाने बलिया ,ज्ञानी भन्दै गणराज्य,दुःखमै जीबन हेल्न बाँकि छ ।।
परिबर्तन सत्ताकै,बुद्दि नफेरिएका बुज्रुक नेता स्वार्थि नेतालाइ हथगडी,जाल जेल्न बाँकी छ ।।
No comments:
Post a Comment