Saturday, May 15, 2010

२०६७ सालमा नयाँ गजलहरू

तस्बीरमा भा गजल स्पष्ट र राम्ररी पढ्न त्यहि तस्बिरमाथी क्लीक गर्नुस ।

ए लजालु नानी कता हिडेउँ तर्कीएर ।।
बसेकॊ छु तिमी आउने आशमा पर्खीएर ।।

तिम्रॊ त्यॊ जवानी,बसन्तकॊ नयाँ बहार
जतनले सम्हाली राख,नत्र जाला लर्कीएर ।।

बगेकॊ खॊला जस्तै,चन्चले तिम्रॊ उमेर
बैँशमा माया लगाउँ,आउदैन फेरि फर्कीएर।।

दुइदिने चॊला हाम्रॊ,बिताउँ सँगै हाँसेर
छड्के नजर हेर्दै,किन बॊल्छेउ झर्कीएर।।

तिम्रै नजिक घुमीरहेँ,के के आशा राखेर
रिसाएर तिमी बॊल्दा,दुख्यॊ मुटु चर्कीएर ।।



गजल

सुनकेसरी केस आहा,मॊहनी लाउने बॊली।।
प्रेमकॊ भिख माग्दै,थापेँ मायाकॊ झॊली ।।

हरिणकॊ जस्तै चाल,नसालु तिम्रॊ हेराइ
चिटीक्क पर्या जीउमा,क्या मिलेकॊ चॊली।।

कसरी राखुँ प्रस्ताब,त्यत्ती राम्री मायालाइ
त्यहि मायालु पाए,जीबन रंगीन हॊली ।।

सधैँ प्रतिक्षा गरेँ,तिमी हिड्ने मार्गहरू
आइनौ अझै सम्म,दिलकॊ ढॊका खॊली ।।

तिमी बिनाकॊ म,जून नहुँदाकॊ श्यामरात
हात माग्न आउनेछु,लिइ जन्ती र डॊली ।।

गजल
जातभात भन्दा पनि प्रेममा भर हुन्छ रे ।।
क्षीतीज पारी सानॊ,मायाकॊ घर हुन्छ रे ।।

मन पर्दैमा हुदैन,दुइआत्मा मिल्नु पर्छ
श्राप हुदैन माया,इश्वरीकॊ बर हुन्छ रे ।।

चन्चले बैँशमा आहा,मनमा कुरा खेल्छ
एकपल्ट प्रेम गाँस्ने,नयाँ रहर हुन्छ रे ।।

छुवाछुत समाज हरे,रूडीबादि संस्कार पनि
अन्तरजातीय प्रेम गर्दा,समाजकॊ डर हुन्छ रे।।

सबैसंग टाढा भइ,परिवारदेखि भागेर हिड्दा
बाँच्न साह्रै कठीन,जीबन जर्जर हुन्छ रे ।।

सच्चा प्रेमी झुक्दैन,समस्या र कुरितीसंग
तिमी र श्याम मिलेपछि,सममजलाइ कर हुन्छ रे ।।
(पुनश्चः अन्तरजातीय प्रेममा बाँधिनेहरूलाइ प्रेरणा स्वरूप )


रचना बैशाख,२०
गन्धे नेता मुर्दाबाद !!!
गजलः
सहिदकॊ सपना टुट्यॊ,नियम कुनै खास छैन ।।
अशान्त भॊ नेपाल,शान्ती पाउने आश छैन।।

सत्ता मात्रै परिबर्तन,नेताकॊ स्वभाब उस्तै
सर्बत्र आँतंककै राज,बस्ने कुनै बास छैन ।।

डर छ सधैभरि,मर्ने−बाँच्ने टुङ्गॊ रहेन
देश भयॊ स्वाह्,नेतालाइ केहि नास छैन ।।

बन्द,जुलुस मात्रै छ,जनताहरूकै बिचल्ली
गरिबलाइ लत्ता छैन,खानलाइ गाँस छैन ।।

लडाँइ चल्यॊ यहाँ,नेताहरूकॊ गन्धे चालले
सत्ता,कुर्सीकै लॊभ छ,देस बिग्रने त्रास छैन।।

क्रान्तीकॊ हुइम छ,श्यामे नि हॊमीयॊ त्यहिँ
मृतक सूचीमा नाँउ छ रणभुमीमा लास छैन ।।

गजल रचनाः बैशाख १५

तिमीलाइ प्रथम चिनारी दिउँ कि हजूर ।।
सुटुक्कनै तिम्रॊ मनपेट लिउँ कि हजूर ।।

एक्लॊ यॊ जीबनकॊ गन्तब्य नै भएन
तिमी र म मिलेर संगै जीउँ कि हजूर।।

तिमीले साथ दिए,जीबन सफल हुन्छ
संगै बसेर मीठॊ प्याला पीउँ कि हजूर।।

दुःख,पीरले मेरॊ,च्यातिएकॊ छ हृदय
मायाकॊ धागॊले खुटेर सिउँ कि हजूर ।।

श्यामबर्ण मूहार पार्यौ,कुनै इसारा पाइन
बाँचुन्जेल तिम्रै जबाफ पर्खीउँ कि हजूर ।।

गज़ल
रचनाः बि.सं.२०६७ साल बैसाख ०१ गते ।

तर्की जाने मायालु सुन त एकपल्ट ।।
सहयात्री मलाइ नै चुन त एकपल्ट ।।

पबित्र तिम्रॊ तन,मन अनि मूहारमा
मायाप्रेमकॊ संजाल बुन त एकपल्ट ।।

आत्मादेखि चाहेकॊ छु तिमीलाइ मैले
मेरॊ प्रस्ताब मनमा गुन त एकपल्ट ।।

जे परे नि साथ दिन्छु जूनी-जूनी सम्म
देउ मलाइ तिम्रॊ प्रेमी हुन त एकपल्ट ।।

श्यामरात ढल्यॊ,नब बर्षकॊ प्रभात संगै
बिन्ती गर्छु अंगालॊमा थुन त एकपल्ट ।।