Saturday, June 5, 2010

जुन २०१० मा मैले ३ वटा उत्कृष्ट गजलहरू लेखेँ

बिभिन्न वेभपत्रिकामा छापीदाँ पाठकहरूद्वारा अत्यन्तै मन पराइएका ३ गजलहरू सुनेर जानुस....

गजल नं. १

आएर नि तिम्रॊसामु,आँखा हटाउन सकिन ।।
पाएर नि मन्दहाँसॊ,प्रेम चटाउन सकिन ।।

रहर नि पालेकॊथेँ,केके मनभरी सुटुक्क
लाएर नि एकतर्फी,माया कटाउन सकिन ।।

चाहना नि कस्तॊकस्तॊ,मात्र तिमीलाइ पाउने
धाएर नि लगातार,मन्मा अटाउन सकिन ।।

आइनौ नि सामीप्यमा,नत सुरताल मिलायौ
गाएर नि बिरहमा,तृष्णा घटाउन सकिन ।।

बुझीन नि इच्छाहरू,तिम्रॊ मनभित्र के,रैछ
खाएर नि हार मैले,याद फटाउन सकिन ।।
रचनाः ०५ जुन २०१०,इजरायल।

(गजल)२

कैयौँ साथी भेटेँ,साथ पाइन मैले।।
माया खॊज्दा खॊज्दै,हार खाइन मैले।।

यस्तै रैछ यहाँ,सुख पाँउदा मीत्र
एक्लै दुःख भॊगेँ,दॊष लाइन मैले।।

बल्ल भेटेँ माया,धेरै कसम खायौँ
बाचा तॊड्दा उन्ले,गाँस्न धाइन मैले।।

माया गर्दा गर्दै,धॊका उनको पाएँ'
गह भरि आँसु,रून चाहिन मैले।।

सबै थॊत्रॊ भयॊ,उन्कै भरमा पर्दा
चुह्यॊ मेरॊ छानॊ फेरि छाइन मैले।।


रचना मिती ०३ जुन २०१०,इजरायल

(गजल)३

मायलुकै प्रतिक्षामा लाखबत्ती बालीरहेँ।।
च्यातिएकाे तनमन धैर्यताले टालीरहेँ ।।

नयनहरू थाकीसके,कुर्दाकुर्दै उन्लाइ
कल्पीदै म दिनरात भित्रभीत्रै गालीरहेँ ।।

नानाकुरा गर्नथाले समाजले गाँइगुइ
नफर्कीदाँ प्रीयतम उपसंका पालीरहेँ ।।

धेरैथरी साथीहरू,अ।एगए जवानीमा ।।
अझैपनि उनीमाथी मायाजाल फालीरहेँ

प्रेमगर्दा जातभात,भेदभाब हुन्नरेछ
श्यामबर्ण सुन्दरीमै मरीहत्ते हालीरहेँ ।।


रचनाः जुन ०१,०२०१