Saturday, October 2, 2010

गजल,(सेप्टेम्बर २०१०मा नयाँ रचना)



गज़ल

कसैसंग अन्जानैमा,चॊखॊमाया लाएँ ।।
जीबनभर साथ दिने,कसम नि खाएँ ।।

क्षणभर टाढाहुदाँ,परेली नै भिज्यॊ
जताततै खॊजेँ अनि पधेँरी नि धाएँ ।।

जसॊतसॊ धेरैपछि उनिलाइ भेटेँ
उपहार दिनभनि औठी लिइ आएँ।।


गरिबकॊ जीबनमा चुहिएकॊ छानॊ
मायलुकॊ प्रेमरूपी परालले छाएँ ।।

अभाबले गाँजेपनि साह्रै खुसी छु म
जीन्दगीकॊ गॊरेटॊमा सहयात्री पाएँ ।।


गजलः
भित्रिमन रूदाँपनि हाँसीखुसी जिएँ।।
पिरपर्दा भुलाउन सॊमरस पिएँ ।।

मायाबिना जवानीमा एक्लै बस्नु पर्दा
मुटुभरि छियापर्यॊ धैर्यताले सिएँ ।।

दुइदिने जीन्दगानी दुःखपीर धेरै
अती कष्ट भएपनि बाच्ने आशा लिएँ ।।

मेलापात गाँउठाँउ भेलाजम्मा हुँदा
सबैजना जॊडी तर आफु एक्लै थिएँ।।

मेरॊलागि श्यामबर्ण अभिसाप सरि
प्रीयसी नै नपाँउदा जॊगी भइ दिएँ ।।

रचनाः १९ सेप्टेम्बर २०१०,इजरायल

गजलः संकट धेरै झेल्न बाँकि छ......



हे नेपाली जागौँ,संकट झेल्न बाँकि छ ।।
देसलाइ नयाँ,दिसामा ठेल्न बाँकि छ ।।

उँधॊगती देस,जनता सॊझा हुनाले
नेताहरू पक्री,जाँतॊमा पेल्न बाँकि छ ।।

आन्दॊलन हुन्छ,नेताकै मात्र बिजय
जनताले जित्ने,सत्रन्ज खेल्न बाँकी छ।।

प्रजातन्त्र भन्दै,नेताले गरे रजाँइ
नेतालाइ अब,नेलले जेल्न बाँकी छ ।।

श्यामश्वेत बर्ण,गरिब धनि जुटेर
बिकासकॊ बिउ,अन्नझैँ रेल्न बाँकी छ ।।

गज़लः
श्याम रॊक्का
(सल्लाहकार)
अनेसास,इजरायल,च्याप्टर ।


माया इश्वरीय बर,नमान्नु है श्राप ।।
प्रेम मानबिय गुण,नठान्नु है पाप।।

कॊहि अनभिज्ञ छैन,पीरतीकॊ बारे
नयाँ अनुभुती संगै,मानसिक चाप।।

हाम्ले मेट्नुपर्छ यहाँ,कुरितीकॊ गाथा
छर्दै समाजमा माया,पीरतीकॊ ताप ।।

केहि भेदभाब हुन्न,साँचॊमाया गर्दा
दन्की रहनेछ त्यहाँ,बिश्वासकॊ राप।।

श्याम चॊखॊमाया गर्छ,जातभात त्यगी
यस्ले सबैसामु पार्छ,नमेटिने छाप ।।


गजल
न तिमी फर्केउ, न आयॊ कुनै पत्र ।।
र पनि कुरेरै ,लौ ढल्यॊ सॊह्र सत्र ।।

खै किन मलाइ,के कारणले छानेउ ।।
न हुन्न भनेउ,न प्रेम गर्न मानेउ ।।
न केहि बॊलेउ,यॊ बेसाहरा देखेर
न हाँस्न सकेउ ,न रिसाउन जानेउ ।।
न देख्दा तिम्लाइ,म हरपल बेचैन
खै बिर्सुँ कसरि,क्या प्रेमबाण हानेउ ।।
के रॊग लागेछ,म आफैलाइ था’छैन
न घृणा गरेउ,न अंगालॊमा तानेउ ।।
खै कत्ती पछ्याएँ,त्यॊ श्यामबर्ण भएनि
र पनि मानिनौ,कि साह्रै राम्री ठानेउ ।।

श्याम रॊक्का
गजलः
दिप्सीजीका भावहरू,पढिबाची मज्जा लिएँ ।।
कामना त छदैथियॊ,आषीर्बाद पनि दिएँ ।।

प्रबासमा भेट हुन्न,यसैगरि सधैभरि
एक्लै हुँदा मन रून्छ,धैर्यताले खुट्दै सिएँ ।।

नयाँ कृती यसैगरि,पढ्न पाउँ अबिरल
मर्मस्पर्षी लेख पढी,खुसीपुर्ण आँसु पीएँ ।।

कौतुहल भएकॊछु,सुन्दा नयाँ कृती"आगॊ"
पढ्दा साह्रै खुसि भएँ,किनकि म फ्यान थिएँ ।।

नबिर्सनु श्यामलाइ,कतै टाढा जाँदा खेरि
फेरि भेट नभएनि,आशाहरू पाल्दै जीएँ ।।
सबैखाले(दिप्सीजी का) भावहरू,पढिबाची मज्जा लिएँ ।।


गजल - तिमी नै हौ ।।


बात्तैपिच्छे रिसाउने तिमी नै हौ
सुख दुःख बिसाउने तिमी नै हौ ।।

तीलसरी कुरालाइ हिमाल झैँ
यॊ हृदय चिसाउने तिमी नै हौ ।।

रिसराग मनभरी पॊकॊ पर्दै
घानफेर्दै पिसाउने तिमी नै हौ ।।

दुखियारी यॊ श्यामकॊ मुहारमा
खुसीयाली मिसाउने तिमी नै हौ ।।
.........................................................................



म त भएँ परदेशमा, दुःखले मन रून्छ ।।
कष्ट हुँदा कामकाजमा, कॊमल तन रून्छ ।।

तृष्णा रेछ धनसम्पती,कहिले भारी पुग्ला
कुदि रेहेँ मृगतृष्णामा,नभेट्दा झन रून्छ ।।

ऋण सम्झी झस्कीरहन्छु,मनमा पीर चिन्ता
बेच्नु पर्दा स्वाभिमान नि,नेपाली पन रून्छ ।।

कती खटुँ मरूभुमीमा,कुटेर रॊडा गीट्टी
ठेला देख्दा हत्केलाभरि,आफन्त जन रून्छ।।

रूदै हुन्छे बनकीचरी,पीजडा भित्र यता
चरी बिना उदासीयर, हरियॊ बन रून्छ ।।

गजलः


एक्लै रूँदै प्रबासमा बाँच्नै मन छैन ।।
स्वार्थी माया हृदयमा साँच्नै मन छैन ।।

पर्खाइमा जवानीले भर छाडी सक्यॊ
अझै पर्खी औँलाहरू भाँच्नै मन छैन।।

दुइदिने जीन्दगीमा नाँचु गाँउ भन्दा
मन जल्छ बिरहले नाँच्नै मन छैन ।।

धेरै आए सामीप्यमा स्वार्थी मित्र मात्रै
कस्कॊ नाता चॊखॊभनि जाँच्नै मन छैन।।

Saturday, June 5, 2010

जुन २०१० मा मैले ३ वटा उत्कृष्ट गजलहरू लेखेँ

बिभिन्न वेभपत्रिकामा छापीदाँ पाठकहरूद्वारा अत्यन्तै मन पराइएका ३ गजलहरू सुनेर जानुस....

गजल नं. १

आएर नि तिम्रॊसामु,आँखा हटाउन सकिन ।।
पाएर नि मन्दहाँसॊ,प्रेम चटाउन सकिन ।।

रहर नि पालेकॊथेँ,केके मनभरी सुटुक्क
लाएर नि एकतर्फी,माया कटाउन सकिन ।।

चाहना नि कस्तॊकस्तॊ,मात्र तिमीलाइ पाउने
धाएर नि लगातार,मन्मा अटाउन सकिन ।।

आइनौ नि सामीप्यमा,नत सुरताल मिलायौ
गाएर नि बिरहमा,तृष्णा घटाउन सकिन ।।

बुझीन नि इच्छाहरू,तिम्रॊ मनभित्र के,रैछ
खाएर नि हार मैले,याद फटाउन सकिन ।।
रचनाः ०५ जुन २०१०,इजरायल।

(गजल)२

कैयौँ साथी भेटेँ,साथ पाइन मैले।।
माया खॊज्दा खॊज्दै,हार खाइन मैले।।

यस्तै रैछ यहाँ,सुख पाँउदा मीत्र
एक्लै दुःख भॊगेँ,दॊष लाइन मैले।।

बल्ल भेटेँ माया,धेरै कसम खायौँ
बाचा तॊड्दा उन्ले,गाँस्न धाइन मैले।।

माया गर्दा गर्दै,धॊका उनको पाएँ'
गह भरि आँसु,रून चाहिन मैले।।

सबै थॊत्रॊ भयॊ,उन्कै भरमा पर्दा
चुह्यॊ मेरॊ छानॊ फेरि छाइन मैले।।


रचना मिती ०३ जुन २०१०,इजरायल

(गजल)३

मायलुकै प्रतिक्षामा लाखबत्ती बालीरहेँ।।
च्यातिएकाे तनमन धैर्यताले टालीरहेँ ।।

नयनहरू थाकीसके,कुर्दाकुर्दै उन्लाइ
कल्पीदै म दिनरात भित्रभीत्रै गालीरहेँ ।।

नानाकुरा गर्नथाले समाजले गाँइगुइ
नफर्कीदाँ प्रीयतम उपसंका पालीरहेँ ।।

धेरैथरी साथीहरू,अ।एगए जवानीमा ।।
अझैपनि उनीमाथी मायाजाल फालीरहेँ

प्रेमगर्दा जातभात,भेदभाब हुन्नरेछ
श्यामबर्ण सुन्दरीमै मरीहत्ते हालीरहेँ ।।


रचनाः जुन ०१,०२०१

Saturday, May 15, 2010

२०६७ सालमा नयाँ गजलहरू

तस्बीरमा भा गजल स्पष्ट र राम्ररी पढ्न त्यहि तस्बिरमाथी क्लीक गर्नुस ।

ए लजालु नानी कता हिडेउँ तर्कीएर ।।
बसेकॊ छु तिमी आउने आशमा पर्खीएर ।।

तिम्रॊ त्यॊ जवानी,बसन्तकॊ नयाँ बहार
जतनले सम्हाली राख,नत्र जाला लर्कीएर ।।

बगेकॊ खॊला जस्तै,चन्चले तिम्रॊ उमेर
बैँशमा माया लगाउँ,आउदैन फेरि फर्कीएर।।

दुइदिने चॊला हाम्रॊ,बिताउँ सँगै हाँसेर
छड्के नजर हेर्दै,किन बॊल्छेउ झर्कीएर।।

तिम्रै नजिक घुमीरहेँ,के के आशा राखेर
रिसाएर तिमी बॊल्दा,दुख्यॊ मुटु चर्कीएर ।।



गजल

सुनकेसरी केस आहा,मॊहनी लाउने बॊली।।
प्रेमकॊ भिख माग्दै,थापेँ मायाकॊ झॊली ।।

हरिणकॊ जस्तै चाल,नसालु तिम्रॊ हेराइ
चिटीक्क पर्या जीउमा,क्या मिलेकॊ चॊली।।

कसरी राखुँ प्रस्ताब,त्यत्ती राम्री मायालाइ
त्यहि मायालु पाए,जीबन रंगीन हॊली ।।

सधैँ प्रतिक्षा गरेँ,तिमी हिड्ने मार्गहरू
आइनौ अझै सम्म,दिलकॊ ढॊका खॊली ।।

तिमी बिनाकॊ म,जून नहुँदाकॊ श्यामरात
हात माग्न आउनेछु,लिइ जन्ती र डॊली ।।

गजल
जातभात भन्दा पनि प्रेममा भर हुन्छ रे ।।
क्षीतीज पारी सानॊ,मायाकॊ घर हुन्छ रे ।।

मन पर्दैमा हुदैन,दुइआत्मा मिल्नु पर्छ
श्राप हुदैन माया,इश्वरीकॊ बर हुन्छ रे ।।

चन्चले बैँशमा आहा,मनमा कुरा खेल्छ
एकपल्ट प्रेम गाँस्ने,नयाँ रहर हुन्छ रे ।।

छुवाछुत समाज हरे,रूडीबादि संस्कार पनि
अन्तरजातीय प्रेम गर्दा,समाजकॊ डर हुन्छ रे।।

सबैसंग टाढा भइ,परिवारदेखि भागेर हिड्दा
बाँच्न साह्रै कठीन,जीबन जर्जर हुन्छ रे ।।

सच्चा प्रेमी झुक्दैन,समस्या र कुरितीसंग
तिमी र श्याम मिलेपछि,सममजलाइ कर हुन्छ रे ।।
(पुनश्चः अन्तरजातीय प्रेममा बाँधिनेहरूलाइ प्रेरणा स्वरूप )


रचना बैशाख,२०
गन्धे नेता मुर्दाबाद !!!
गजलः
सहिदकॊ सपना टुट्यॊ,नियम कुनै खास छैन ।।
अशान्त भॊ नेपाल,शान्ती पाउने आश छैन।।

सत्ता मात्रै परिबर्तन,नेताकॊ स्वभाब उस्तै
सर्बत्र आँतंककै राज,बस्ने कुनै बास छैन ।।

डर छ सधैभरि,मर्ने−बाँच्ने टुङ्गॊ रहेन
देश भयॊ स्वाह्,नेतालाइ केहि नास छैन ।।

बन्द,जुलुस मात्रै छ,जनताहरूकै बिचल्ली
गरिबलाइ लत्ता छैन,खानलाइ गाँस छैन ।।

लडाँइ चल्यॊ यहाँ,नेताहरूकॊ गन्धे चालले
सत्ता,कुर्सीकै लॊभ छ,देस बिग्रने त्रास छैन।।

क्रान्तीकॊ हुइम छ,श्यामे नि हॊमीयॊ त्यहिँ
मृतक सूचीमा नाँउ छ रणभुमीमा लास छैन ।।

गजल रचनाः बैशाख १५

तिमीलाइ प्रथम चिनारी दिउँ कि हजूर ।।
सुटुक्कनै तिम्रॊ मनपेट लिउँ कि हजूर ।।

एक्लॊ यॊ जीबनकॊ गन्तब्य नै भएन
तिमी र म मिलेर संगै जीउँ कि हजूर।।

तिमीले साथ दिए,जीबन सफल हुन्छ
संगै बसेर मीठॊ प्याला पीउँ कि हजूर।।

दुःख,पीरले मेरॊ,च्यातिएकॊ छ हृदय
मायाकॊ धागॊले खुटेर सिउँ कि हजूर ।।

श्यामबर्ण मूहार पार्यौ,कुनै इसारा पाइन
बाँचुन्जेल तिम्रै जबाफ पर्खीउँ कि हजूर ।।

गज़ल
रचनाः बि.सं.२०६७ साल बैसाख ०१ गते ।

तर्की जाने मायालु सुन त एकपल्ट ।।
सहयात्री मलाइ नै चुन त एकपल्ट ।।

पबित्र तिम्रॊ तन,मन अनि मूहारमा
मायाप्रेमकॊ संजाल बुन त एकपल्ट ।।

आत्मादेखि चाहेकॊ छु तिमीलाइ मैले
मेरॊ प्रस्ताब मनमा गुन त एकपल्ट ।।

जे परे नि साथ दिन्छु जूनी-जूनी सम्म
देउ मलाइ तिम्रॊ प्रेमी हुन त एकपल्ट ।।

श्यामरात ढल्यॊ,नब बर्षकॊ प्रभात संगै
बिन्ती गर्छु अंगालॊमा थुन त एकपल्ट ।।

Friday, January 15, 2010

नयाँ र उत्कृष्ट गजलहरू

इजरायली प्रबासका साहित्य प्रेमीहरू(सामुहिक तस्बीर)

गजलः

रचना मितीः २० मार्च २०१०,इजरायल

बिछॊडकॊ पीडा सम्झीएर,अबिरल रून्छु म ।।
पुनर्मीलनकॊ आशा सधैँ,मनभरी गुन्छु म ।।

परदेसी हुन पुगेँ,सुनौलॊ सपनाहरू साँचेर
दिनरात दुःख सहेर नि,प्रेमपथ चुन्छु म ।।


दुःखपछि सुख भन्थे,खट्नै भनि परदेसीयँ
बिदेसीकॊ नॊकर भइ,धेरै गाली सुन्छु म ।।

शान्त छैन मन मेरॊ,निन्द्रा र भॊक पनि
माया खॊज्दै यताउती,भौत्तारीएकॊ हुन्छु म।।

प्रचण्ड गर्मीमा खटेँ,श्यामबर्ण मुहार पार्दै
मायालाइ चिनॊ दिन,जाली रूमाल बुन्छु म ।।



गज़ल

अर्थहिन हुदाँ जीबन,बाँच्नु नै भार भॊ ।।
सधैँ जीत्ने मान्छे म,प्रेममा किन हार भॊ ।।

संगै हुँदाखेरि तिमी,बसन्त ऋतु झैँ जीबन
एक्लै छाड्दा तिम्ले,जीबन सुख्खा टार भॊ ।।

जुनीभरी साथ दिने,संगै मर्ने-बाँच्ने कसम
भुलिदिँदा तिमीले नै,दिउँसै अन्धकार भॊ।।

सुख बाँड्न तिमी पाएँ,दुःख पर्दा कॊहि छैन
आपत पर्दा साथ नहुने,मीत्रता नै के सार भॊ।।

श्यामश्वेत बर्ण अनि,जातमा नै बिबाद सधैँ
अन्तरजातीय प्रेमी हामी,समाजकॊ छेकबार भॊ।।


आदरणीय मित्रहरू,
गजल नितान्त गेय बिधा हॊ,अन्य नेपाली लेख,रचनाका तुलनामा गजल लेख्न निक्कै कठीन छ र साधना तपस्या गर्नु पर्छ तर इजरायलकॊ कामकॊ प्रकृति अनुसार गजल फुराउनु नै महान ठान्नु पर्छ ,झन नयाँ लेख, रचना फुराउन त एकान्त र शान्त मन पनि चाहिन्छ जुन यहाँ पटक्कै छैन र गजल लेखनमा छुट्टै नियम पनि समात्नु पर्छ,काफीय,सेर,मत्ला,बहर,रदिफ,तखलुस भैकन पनि मिटर नि नापेर गजल लेखिनु पर्छ अतः सहजै पुर्ण गजल लेख्छु भनेर कम्मर कस्ने धेरै बिद्वानहरूले पनि हिम्मत गर्न नसकिरहेका यस बिधामा मैले निरन्तर ६ महिना अगाडीदेखि "मेरॊ मनकॊ भवना" लाइ गजलकै शैलीमा ढाल्ने प्रयास निरन्तर गरिरहेँ ,यस अबधिभरमा लाखौँले वाह् वाह् भनेर बुझेर वा नबुझेरै प्रंसशनिय कमेन्टका तालीमात्रै पड्काए,हजारौले नयाँ लेखिरहनुस भन्ने प्रेरणा मात्र दिए अनि सयौँले मलाइ नि गजल लेख्न सिकाइदिनुस भनेर मेल पठाउथे,केहि पाठकहरूले यी (माया,प्रेम,राजनिति,दुःख )शिर्षकमा लेख्नु भनेर डेडीकेसन गर्थे दुइचार जनाले अश्लील गाली नि गर्थे तर ५ जना जत्तीले मात्रै गजलका त्रुटीहरू सच्याँएर अझ सतप्रतिशत गजल लेख्नुस भनेर शीक्षा दिने (शीक्षक) ब्यक्तीहरूहरू पाँए समग्रमा मेरॊ मनकॊ कुराहरू गजलकै शैलीमा मैले डीजीटल चौतारीमा सय भन्दा धेरै वेभ पत्रिकाहरूमा छापीरहेँ,एउटा नेपालीगजलडटक ले त पुरस्कृत पनि गरिदिए अनि समग्रमा मैलाइ के लाग्यॊ भने नयाँ रचना,लेखकॊ अलग्गै पाठकबर्गहरू हुनेरहेछन् अनि सबैले नयाँ रचानालाइ मन पराउनै पर्छ भन्ने नि छैन तर पटक्कै मन नपरायर छि छि ,गर्ने,गलत प्रचार दिने र अर्थहिन भने पक्कै लेख्नुहुन्न तर शीक्षा र साहितयकॊ क्षेत्र बृहत छ र यस्मा हामी सधैँ नै बिध्यार्थी नै रहन्छौँ ,चाहे कुनै एक बिषयमा उक्त ब्यक्तीले शीक्षक नै उपाधि लिएकॊ किन नहॊस ।अन्तमा"पौडीन जान्दिन भनेर पानिभित्रै नपस्ने र दौडीन जान्दिन भनेर एक कदम नि नहिड्नु पटक्कै हुन्न" परेसी र गरेसी त सिकिन्छ नि,संसारभरि पुर्ण त कॊहि,कहिल्यै हुदैन झन् मेरा सिकारू गजलहरू (पुर्ण) शतप्रतिसत कसरी हुन् ??
तर प्रयास जारी छ है महेफीलमा रंग ल्याउन...स्विकार्नुस ।

गज़लः

एक्लै भए जवानीमा,खै कसरी हाँसु ??
तिमीसंग प्रेम बन्धन,खै कसरी गाँसु ??

बल्ल देखेँ तिम्लाइ,यत्ती ठूलॊ भिडमा
तिम्रॊ तस्बीर मुटुभित्र,खै कसरी टाँसु ??

मनकॊ कुरा पॊख्न,भौत्तारीन्छु तिम्रै सामु
प्रेमपथकॊ काँडेतारलाइ,खै कसरी नाँसु ??

कल्पीरहेछु सधैँ,तिमी नै हौ जीबनसाथी
मनबारीकॊ प्रेमकॊ टुसा,खै कसरी माँसु ??

समयकॊ खेल उस्तै,खुसी-पीर संगसंगै
सुख अनि दुःखमा झर्छ,खै कसरी आँसु ??




गज़लः


माया इश्वरीय बरदान,नसम्झनु श्राप ।।
प्रेम दुइआत्माकॊ मीलन,हैन यॊ पाप।।

अनायासै लाग्ने रेछ,प्रेमरॊग जवानीमा
नयाँ अनुभुतीसंगै,हुन्छ मानसिक चाप।


गीत,गजल,संगीत अनि प्रेम अनिबार्य
सबैकॊ रॊजाइ यॊ,छाड्नेछ मनमा छाप ।।

हार्दैनन् सच्चा प्रेमी,रूडीबादी समाजसंग
शत्रुता नि पग्लिन्छ,परेसि मायालु ताप ।।

प्रेममा समानता,श्यामस्वेत बर्ण र जात
परस्पर समझदारी भए,जीबन फलि फाप ।।

गज़लः


यॊ मनमा पुनर्मीलनकॊ,आसादीप बल्यॊ।।
तस्बीर हेर्दै कत्ति बसुँ,हृदय झन जल्यॊ।।

बर्षौ भयॊ बिदेसिएकॊ,धेरै सपना लिइ
दुःखकॊ घारीमा फसेँ,नौनारी नै गल्यॊ।।

अनबरत खटिरहेँ,पाइन मैले आराम
अश्रुबर्षा छदैँथ्यॊ,हुरिबतास नि चल्यॊ।।

साह्रै कठीन भयॊ,जीबनयात्रा प्रबासमा
आफ्नै मायाले यहाँ,आफैलाइ छल्यॊ।।

धन कमाउने लालच,टाढिय सबै नाता
पीरले श्याममुहार थ्यॊ,झन् रात ढल्यॊ।।






अक्षर स्पष्ट पढ्न तस्बीरमाथी क्लीक गर्नुस्,धन्यबाद ।








नेपाली गजल डट कम परिवार गत महिना/साल December 2009 लागि उत्कृष्ट गजलको पहिलो सम्मान तपाईं लाई प्रदान गर्न पाउदा अन्त्यन्तै हर्सित छौं र यसै ईमेल बाट तपाईं गजलको Demeber-2009 महिनाको उत्कृष्ट गजलको रुपमा छानिएको पनि जानकारी गराउन चाहन्छौ।

साथै तपाईंले नेपाली साहित्य आकाशमा गर्नु भएको योगदान र प्रयासलाई पनि नेपाली गजल डट कम परिवार सलाम अनी सम्मान गर्दछ।



महिनाकै उत्कृष्ट गजल

हिजैमात्र तिमिसंग छुटेजस्तै लाग्छ ।।
नयनभरि अश्रुधार फुटेजस्तै लाग्छ ।।

बिछॊडकै पीडाहरूले रून्न भन्छु म
भित्रभित्रै यॊ मन चुटेजस्तै लाग्छ ।।

बिरानॊ देशमा कस्लाइ पॊखुँ पिरहरू
निलडाम छैन तर कुटेजस्तै लाग्छ ।।

खट्नुपर्दा श्याम हर् रात अनी दिन
यतै कतै मेरो इज्जत लुटेजस्तै लाग्छ ।।