Saturday, October 2, 2010

गजल,(सेप्टेम्बर २०१०मा नयाँ रचना)



गज़ल

कसैसंग अन्जानैमा,चॊखॊमाया लाएँ ।।
जीबनभर साथ दिने,कसम नि खाएँ ।।

क्षणभर टाढाहुदाँ,परेली नै भिज्यॊ
जताततै खॊजेँ अनि पधेँरी नि धाएँ ।।

जसॊतसॊ धेरैपछि उनिलाइ भेटेँ
उपहार दिनभनि औठी लिइ आएँ।।


गरिबकॊ जीबनमा चुहिएकॊ छानॊ
मायलुकॊ प्रेमरूपी परालले छाएँ ।।

अभाबले गाँजेपनि साह्रै खुसी छु म
जीन्दगीकॊ गॊरेटॊमा सहयात्री पाएँ ।।


गजलः
भित्रिमन रूदाँपनि हाँसीखुसी जिएँ।।
पिरपर्दा भुलाउन सॊमरस पिएँ ।।

मायाबिना जवानीमा एक्लै बस्नु पर्दा
मुटुभरि छियापर्यॊ धैर्यताले सिएँ ।।

दुइदिने जीन्दगानी दुःखपीर धेरै
अती कष्ट भएपनि बाच्ने आशा लिएँ ।।

मेलापात गाँउठाँउ भेलाजम्मा हुँदा
सबैजना जॊडी तर आफु एक्लै थिएँ।।

मेरॊलागि श्यामबर्ण अभिसाप सरि
प्रीयसी नै नपाँउदा जॊगी भइ दिएँ ।।

रचनाः १९ सेप्टेम्बर २०१०,इजरायल

गजलः संकट धेरै झेल्न बाँकि छ......



हे नेपाली जागौँ,संकट झेल्न बाँकि छ ।।
देसलाइ नयाँ,दिसामा ठेल्न बाँकि छ ।।

उँधॊगती देस,जनता सॊझा हुनाले
नेताहरू पक्री,जाँतॊमा पेल्न बाँकि छ ।।

आन्दॊलन हुन्छ,नेताकै मात्र बिजय
जनताले जित्ने,सत्रन्ज खेल्न बाँकी छ।।

प्रजातन्त्र भन्दै,नेताले गरे रजाँइ
नेतालाइ अब,नेलले जेल्न बाँकी छ ।।

श्यामश्वेत बर्ण,गरिब धनि जुटेर
बिकासकॊ बिउ,अन्नझैँ रेल्न बाँकी छ ।।

गज़लः
श्याम रॊक्का
(सल्लाहकार)
अनेसास,इजरायल,च्याप्टर ।


माया इश्वरीय बर,नमान्नु है श्राप ।।
प्रेम मानबिय गुण,नठान्नु है पाप।।

कॊहि अनभिज्ञ छैन,पीरतीकॊ बारे
नयाँ अनुभुती संगै,मानसिक चाप।।

हाम्ले मेट्नुपर्छ यहाँ,कुरितीकॊ गाथा
छर्दै समाजमा माया,पीरतीकॊ ताप ।।

केहि भेदभाब हुन्न,साँचॊमाया गर्दा
दन्की रहनेछ त्यहाँ,बिश्वासकॊ राप।।

श्याम चॊखॊमाया गर्छ,जातभात त्यगी
यस्ले सबैसामु पार्छ,नमेटिने छाप ।।


गजल
न तिमी फर्केउ, न आयॊ कुनै पत्र ।।
र पनि कुरेरै ,लौ ढल्यॊ सॊह्र सत्र ।।

खै किन मलाइ,के कारणले छानेउ ।।
न हुन्न भनेउ,न प्रेम गर्न मानेउ ।।
न केहि बॊलेउ,यॊ बेसाहरा देखेर
न हाँस्न सकेउ ,न रिसाउन जानेउ ।।
न देख्दा तिम्लाइ,म हरपल बेचैन
खै बिर्सुँ कसरि,क्या प्रेमबाण हानेउ ।।
के रॊग लागेछ,म आफैलाइ था’छैन
न घृणा गरेउ,न अंगालॊमा तानेउ ।।
खै कत्ती पछ्याएँ,त्यॊ श्यामबर्ण भएनि
र पनि मानिनौ,कि साह्रै राम्री ठानेउ ।।

श्याम रॊक्का
गजलः
दिप्सीजीका भावहरू,पढिबाची मज्जा लिएँ ।।
कामना त छदैथियॊ,आषीर्बाद पनि दिएँ ।।

प्रबासमा भेट हुन्न,यसैगरि सधैभरि
एक्लै हुँदा मन रून्छ,धैर्यताले खुट्दै सिएँ ।।

नयाँ कृती यसैगरि,पढ्न पाउँ अबिरल
मर्मस्पर्षी लेख पढी,खुसीपुर्ण आँसु पीएँ ।।

कौतुहल भएकॊछु,सुन्दा नयाँ कृती"आगॊ"
पढ्दा साह्रै खुसि भएँ,किनकि म फ्यान थिएँ ।।

नबिर्सनु श्यामलाइ,कतै टाढा जाँदा खेरि
फेरि भेट नभएनि,आशाहरू पाल्दै जीएँ ।।
सबैखाले(दिप्सीजी का) भावहरू,पढिबाची मज्जा लिएँ ।।


गजल - तिमी नै हौ ।।


बात्तैपिच्छे रिसाउने तिमी नै हौ
सुख दुःख बिसाउने तिमी नै हौ ।।

तीलसरी कुरालाइ हिमाल झैँ
यॊ हृदय चिसाउने तिमी नै हौ ।।

रिसराग मनभरी पॊकॊ पर्दै
घानफेर्दै पिसाउने तिमी नै हौ ।।

दुखियारी यॊ श्यामकॊ मुहारमा
खुसीयाली मिसाउने तिमी नै हौ ।।
.........................................................................



म त भएँ परदेशमा, दुःखले मन रून्छ ।।
कष्ट हुँदा कामकाजमा, कॊमल तन रून्छ ।।

तृष्णा रेछ धनसम्पती,कहिले भारी पुग्ला
कुदि रेहेँ मृगतृष्णामा,नभेट्दा झन रून्छ ।।

ऋण सम्झी झस्कीरहन्छु,मनमा पीर चिन्ता
बेच्नु पर्दा स्वाभिमान नि,नेपाली पन रून्छ ।।

कती खटुँ मरूभुमीमा,कुटेर रॊडा गीट्टी
ठेला देख्दा हत्केलाभरि,आफन्त जन रून्छ।।

रूदै हुन्छे बनकीचरी,पीजडा भित्र यता
चरी बिना उदासीयर, हरियॊ बन रून्छ ।।

गजलः


एक्लै रूँदै प्रबासमा बाँच्नै मन छैन ।।
स्वार्थी माया हृदयमा साँच्नै मन छैन ।।

पर्खाइमा जवानीले भर छाडी सक्यॊ
अझै पर्खी औँलाहरू भाँच्नै मन छैन।।

दुइदिने जीन्दगीमा नाँचु गाँउ भन्दा
मन जल्छ बिरहले नाँच्नै मन छैन ।।

धेरै आए सामीप्यमा स्वार्थी मित्र मात्रै
कस्कॊ नाता चॊखॊभनि जाँच्नै मन छैन।।

No comments:

Post a Comment