
एकतर्फी माया..गजल
(जबरजस्ती र एकतर्फी कसैकॊ प्रेमजालमा फँस्न नचाहेकी एउटी केटीकॊ मनॊभावनालाइ अनुमानित गरि तयार पार्ने प्रयास)
तिम्रै छेउमा के बसेँथेँ,अंगालॊमा थुनेउ तिमीले ।।
मेरॊ स्विकृती नहुँदा नि,प्रेमजाल बुनेउ तिमीले ।।
नाइँ भनि बिन्ति गरेँ,माया लाउने रहर नहुँदा
तिम्रै स्वार्थी मनका कुरा,एकतर्फी सुनेउ तिमीले ।।
धेरै आए गए हॊलान्,भेटेउ हॊला धेरै सुन्दरीहरू
चॊखॊ माया गर्छु भन्दै,मलाइ नै चुनेउ तिमीले ।।
शुभ-मुहुर्त धेरै हेरेउ,जुरेन कहिले लगन-साइत
मेरॊ चाहनालाइ लत्याइ,बरमाला उनेउ तिमीले ।।
परिवारकॊ आज्ञा मानेँ,अरूकै सिन्दुर लाएँ मैले
प्रेममा पागल भै,स्वयंलाइ गॊली भुनेउ तिमीले ।।
श्याम रॊक्का
(सल्लाहकार)
अनेसास,इजरायल ।
गजलः धन हॊ कि हजूर ।।
सबैभन्दा ठूलॊ यहाँ,धन हॊ कि हजूर ।।
धनकै पछाडी दौडीने,मन हॊ कि हजूर ।।
खै कस्लाइ ठूलॊ भन्ने,मपाइत्व सबैमा
स्वार्थमा लिप्त आफ्नै पन हॊ कि हजूर ।।
धनकै लुछाचुडीँ अनि,काटमार सधैँभरि
कहिले शान्ति नहुने,रन हॊ कि हजूर ।।
धनले धन तान्छ रे,पीर-चिन्ता पनि
असन्तुष्ट सधैँ पापी तन हॊ कि हजूर ।।
धनकैलागि खुल्छ,महादेबकॊ नि त्रिनेत्र
पैसामै सुत्नेउठ्ने,महा-जन हॊ कि हजूर ।।
गजलः
कत्ति राम्री रैछौ आहा,चॊखॊ माया गाँस्न देउ।।
मरि लानु के नै छ र,संगै मिलि हाँस्न देउ ।।
मन मिलाउँ दुबैजना,छुवाछुतमा भेद नराखि
रूडीबादि प्रथाकॊ पर्खाल,प्रेमपुर्बक नाँस्न देउ ।।
हित्तचित्त सबै मिले,लगन,साइत केहि हुन्न
कुसंस्कारकॊ जरॊकिल्लै,मिलिजुलि माँस्न देउ।।
अन्तरजातिय प्रेम,समाजले अबहेलना गर्दा
चॊक,गल्लि,बाटैभरि,प्रेमकॊ नमूना टाँस्न देउ।।
गजलः
तेहि मॊरीकॊ यादमा,मन जल्यॊ सधैभरी ।।
मनभित्र धपक्कै प्रेमदीप बल्यॊ सधैभरी ।।
म यता तड्पीरहेँ,उनि एक्लै उता परिन्
कामबाण लाग्दा यहाँ,तृप्ती ढल्यॊ सधैभरी।।
पर्खाइमा बस्दैछु,पुनर्मिनलकॊ दियॊ बाल्दै
भेट हुने आशमा कुर्दा,नेत्र गल्यॊ सधैभरी।।
धेरै भयॊ पाइन पत्र,छैन कुनै खबर पनि
संकालु मनभित्र कम्पन चल्यॊ सधैभरी ।।
सात जूनी साथदिइ,दुःख-सुख बाडौँ भन्दा
बिछॊड मात्रै पाएँ,समयले छल्यॊ सधैभरी ।।
यहाँ सम्म वेभ साइट र फेसबुकमा छापीसकियकॊ
यॊ गजल मेरि प्यारी छॊरी "माल्का" कॊ यादले खुब सताउँदा उनकै अमिट सम्झनामा तयार पारेँ तर पाठकबृन्दहरूले "माल्का" कॊ सट्टामा हजूरहरूकै मायालुकॊ नाम राखेर पढ्न समेत सक्नुहुनेछ अर्थात "माल्का" सट्टा, माया,हरपल,प्रीय जे राख्दा नि सुहाँउछ है...... अन्तमा, मैले गजल लेख्दा गाउन नै मिल्छ भन्ने उदेस्ये भने पटक्कै राखिन त्यसैले म लय बिधानमा चुकिरहेँ क्यारे......तर यस्लाइ कबिता झैँ बाचन गरेर भने म अबश्य सुनाउनेछु, यदि हजूरहरू सामुन्ने परेँ भने...................(परिभाषाः गजललाइ कबिता झैँ बाचन गरि (सुन्ने गजल) र गित झैँ लय,भाखा,संगितदिइ गाइनेलाइ (गाइये गजल) भनि २ भागमा बिभाजन गरिएकॊ छ )
गजलः
धुकधुकी बनेर तिमि,मुटुभित्र आइदेउ "माल्का" ।।
उराठ यॊ जीबन हुँदा,हरियाली छाइदेउ "माल्का" ।।
तिमि साथ भैदिँदा,रंगिन हुन्छ हरेक साँझहरू
हरसाँझ मेरै तालमा,स्वर थपी गाइदेउ "माल्का"।।
सुखि-खुसी जीबन सधैँ,सफल प्रेम महल भित्र
म संग अबिरल ,अमरमाया लाइदेउ "माल्का" ।।
मनमुटाब हुन सक्छ,कहिलेकाँहि दुइ प्रेमी बिच
श्यामबर्ण मुहार पार्दा,चुप्प म्वाँइ खाइदेउ"माल्का"।।
मलाइ आज देशभक्तिकै भावनाका केहि शब्दहरू गजलकै शैलिमा केर्न मन लाग्यॊ जस्मा मेरै बिगत अलिकत्ति बर्णन गरेँ, बिषय वा प्रसंगले अर्कै अर्थ लागेमा क्षमाप्रार्थी छु तर सत्य सधैँ तितॊ र कडा हुन्छ यस्लाइ पचाउन अलि कठिन नै हुन्छ र सत्य बिषय बस्तुलाइ समाजमा उदाङ्ग पार्नाले केहि सुधारचेतना फैलाउन मद्दत गर्दछ भन्ने मेरॊ मनसाय समेत हॊ अतः समाज वा कुनै संस्थामा लुकेका बिकृतिलाइ सबैसामु ल्यउन एउटा सहासी मुटु पनि चाहिन्छ, चाहे त्यस्लाइ मण्डलेकै संज्ञा किन नदिइयॊस्...धन्यबाद ।
गजलः
देशकॊ सेवा गर्छु भनि पल्टनमा आइयॊ ।।
देशभक्त भइ,राष्ट्रियगान हर साँझ गाइयॊ ।।
चारै प्रहर नसुति,भॊक-प्यास केहि नभनि
तालिमहरू अति कठीन,धेरै दुःख पाइयॊ ।।
चेन अफ कमाण्ड भन्दै,तानाशाहि कासन
रत्तिभर गल्तिगर्दा,अनेकौँ सजाँय खाइयॊ ।।
महिला-पुरूष समान,फौजी एउटै चिनारी
सरकारकॊ सिन्दुर भन्दै,उस्तै बर्दी लाइयॊ।।
सरकारी जागीरमा हजूर,चाकडी र चाप्लुसी
बढुवा पाँउन भन्दै,हाकिमकॊ सामु धाइयॊ ।।
निस्वार्थी सेवक भइ,श्यामरात-दिनमा खट्दा
धेरैकॊ प्यारॊ भइ ,मानसपटलमा छाइयॊ ।।
(म (लेखक) बि.सं. २०६२ सालमा नेपाल प्रहरीकॊ तर्फबाट" राष्ट्र सेवा पदक" द्वारा बिभुषित राष्ट्रसेवक र देशभक्त समेत हुँ )
छा इयॊ ।।
धा इयॊ ।।
गजलः
घरपरिवार छाडी पल्टनमा,देश सेवाकॊलागि हिडेँ नेपालि ।।
एउटै कासन, एउटै रासन,जन्मथलॊ फरक मेचि-महाकाली ।।
पी.टी-परेड एकनासे सिक्दै,अनुशासन,बर्दीमा एकरूपता छ
जातबर्ण भेद हुन्न,एउटा साथी पश्चिमेली त अर्कॊ झापाली ।।
बाउछॊरा एउटै पल्टनमा,दर्जा-सम्मान फरक शिक्षाले गर्दा
अनपढ बाउ सानै पदमा,छॊरा बन्यॊ सिधै अफिसर-थकाली ।।
श्याम रॊक्का
(सल्लाहकार)
अनेसास,इजरायल ।
गजल
तप-तप चुहिँदा आँसु,पुछिदिने आँट गर्ला कस्ले ?
अध्याँरॊ जीबनपथमा,मायाकॊ ज्यॊती छर्ला कस्ले ??
ढल्कि गयॊ बैँश मेरॊ,असल जीबनसाथी खॊज्दा
हित्त-चित्त सबै मिलाइ,मेरॊ दुःख-पीर हर्ला कस्ले ??
जीबनयात्रामा आँधी आइ,भुमरीमा फस्यॊ डुङ्गा
दुःखसागरबाट हात समाइ,संगसंगै तर्ला कस्ले ??
मायालुकै अभावमा यहाँ,तड्प्यॊ मेरॊ प्यासी मन
म,दुःखीलाइ अपनाइ,न्यानॊ अंगालॊमा भर्ला कस्ले ??
गजलः
तिमि मेरॊ धड्कन,तिम्लाइ नै मायाकॊ मुल सम्झियँ ।।
मेरॊ मनबारिमा फुल्ने,प्रथम पिरतिकॊ फुल सम्झियँ ।।
तिम्रै मात्र झझल्कॊले ,दिनरात एउटै भाछन् मलाइ
मनकॊ शान्त सागरमा,आँधी ल्याउने सूल सम्झियँ ।।
कहाँ देखुँ कहिले भेटुँ,पर्खाइमा बस्न गाह्रॊ हुदाँखेरि
अन्जानसंग एकतर्फि माया,यॊ नै मेरॊ भुल सम्झियँ ।।
गजलः
मिलाउन सवारी साधन,सिठ्ठी फुक्छ ट्राफिक प्रहरी।।
धुवाँधुलॊ-घामपानी खेप्दै,सडक ढुक्छ ट्राफिक प्रहरी।।
अत्याधिक सवारी चाप,ब्यबस्थित सडकहरू नहुँदा
प्रदुषण-कॊलाहलभित्र,हरपल लुक्छ ट्राफिक प्रहरी।।
नेपालकॊ कानून दैबले जानुन,कानूनकै रक्षक उस्तै
हाकिमले नियम मिच्दा,बॊल्न चुक्छ ट्राफिक प्रहरी।।
सहन्छ कत्ती हाकिमकै हेँला,कहिले ड्राइभरकै गाली
अनुशासित र सहनशिल भइ,झुक्छ ट्राफिक प्रहरी।।
ट्राफिक नियम लाग्दैन,झण्डा फर्फराउने ड्राइभरलाइ
सॊझा ड्राइभर उपर,जथाभाबी भुक्छ ट्राफिक प्रहरी।।
No comments:
Post a Comment