Wednesday, November 25, 2009

डिसेम्बरका केहि नयाँ गजलहरू (श्याम रॊक्का)

गजल सिक्दै र लेख्दै जाँदा कहिले बहरमा चुकेँ,कहिले मिटर पुगेन तैपनि काफिया मात्रै भएकालाइ पनि गजल भन्न मिल्छ र पासमार्क सम्म दिन सकिन्छ भन्ने हाम्रा गुरूबर्गका परिभाषालाइ हृदयंगम गर्दै ,यस गजलमा मैले पन्ध्र (१५) पन्ध्र अक्षरबाट समायॊजन बनाइ तयार पारेँ...........कस्ता भए कुन्नि ?
(एउटा महान चित्रकारले गाइकॊ चित्रलाइ अझ सुन्दर बनाउँछु भनेर सिँगार्दै अन्तमा
पखेँटा पनि बनाइदिएछका थिए रे,तेस्तै त भएन ?
१५ अक्षरवाला गजल )


धनि हुने लालच,धेरै भगायॊ पैशाले ।।
पुगेन मेहनत, सधैँ ठगायॊ पैशाले ।।


घरपरिवार छाडि, नाँउ थर,पेशा फेर्दै
धनकॊ नै नशा,मॊहनि लगायॊ पैशाले ।।

पैशाले सुनकॊ ऒछ्यान, छैन निदरि
अबिरल पिडा,आँशु नि बगायॊ पैशाले ।।

दिन,श्यामरात,खानबस्ने फुर्सद कहाँ
निर्बलियालाइ नि,जॊश जगायॊ पैशाले ।।


गजल

च्यातिदाँ पीरले मुटु,सिएरै पॊ हुन्छ कि त ।।
मातदिने अलिकति ,पिएरै पॊ हुन्छ कि त ।।

दुख्दॊ रहेछ मन, पीडा,बिछॊड,एक्लै हुँदा
पीरब्यथा सापटी,दिएरै पॊ हुन्छ कि त ।।


भइन्छ रूँदा कच्चा,सम्हालिनु पर्छ आफै
संघर्ष नै गर्दै सधैँ,जिएरै पॊ हुन्छ कि त ।।

आफ्नॊ चॊट लुकाइ,खुशी बाँडदै अरूलाइ
शहनसिल भै धैर्य,लिएरै पॊ हुन्छ कि त ।।

अन्तरजातिय प्रेमले नेपालि रूडिबादि,कुसंस्कार प्रथा र प्रचलनले ग्रसित शमाजमा समानता ल्याउन एउटा पाठ सिकाउँछ भने यस गजलले अलिकत्ति प्रेरणा दिनेछ भन्ने मैले अपेच्छा राखेर तयार पारेँ..........कृपया,गजलकै शैलिमा पढ्नुस।

गजलः


मनभित्र तिम्रै चित्र,चॊखॊमाया साँचु भन्छु।।
अजम्बरि माया दिइ,संगै मरूँ बाँचु भन्छु ।।

बज्दा पिरतिकॊ धुन,दुबैले मिलाउँ सुर,ताल
शमाजले जे भनेनि,हात समाइ नाँचु भन्छु ।।

अन्तरजितीय प्रेम,घरपरिवार बिपरित हुँदा
दुःखपर्दा रॊगलाग्दा,प्रेमसुत्रले जाँचु भन्छु ।।

अमरप्रेम सफल हुन्छ,समझदारि भए दुबै
छुवाछुत-रूडीबादि,सिमास्तम्भ भाँचु भन्छु ।।

आधुनिक्ता र फेशनकॊ नाममा बिकृतिमा फँसेकी केटिकॊ चरित्र गजलद्वारा बर्णन गरेँ...गजलकै शैलिमा.........यी शब्दहरूले कुनै महिलाकॊ जीबनमा बास्तबिक मेल खान गएमा क्षमाप्रार्थी छु ,किनकि गजल,मैले मन दुखाउने भावनामा भन्दा नि मन बहलाउने उद्देस्य लिएर रचना गरेकॊ हुँ ।


परेबी नयन तिम्रा,कर्के हेराइकॊ के कुरा ।।
सामिप्यमा हुदाँ,अंगालॊ बेराइकॊ के कुरा ।।


हिड्छेउ मर्की-मर्की,सबैलाइ हेर्छेउ फर्की
जुत्ता झैँ सधैँ,केटासाथी फेराइकॊ के कुरा।।

अर्धनग्न भइ डुल्छेउ,मन्धमुस्कान छर्दै
तिम्लाइ हेर्ने भिड,बाटॊ घेराइकॊ के कुरा।।


सबैलाइ मित्र भन्दै,पैशा धुत्न सिपालु रे
प्रेमकै नाटक गर्दै,घाँटि सेराइकॊ के कुरा ।।


गजल (परिवार पाल्छु भनि परदेशियँ)

जीबनमा नौलॊ आयाम, थाल्छु भनि परदेशियँ
ऋण तिरि परिवारलाइ ,पाल्छु भनि परदेशियँ ।।

देशकै हालत दर्दनाक,जुनै पेशा गर्दा मुश्कील
अन्धकार जीबनमा,जून हाल्छु भनि परदेशियँ ।।

चाकडी ,चाप्लुसीकै राज,नेपालि परम्परा अझै
प्रगतिपथमा पाइला सधैँ,चाल्छु भनि परदेशियँ ।।

नेपालकॊ जागीर उस्तै,छाक टार्नै तलब पुग्दैन
आर्थिक संकटकॊ पर्खाल,ढाल्छु भनि परदेशियँ ।।


बाध्यताबस खटिरहेँ ,श्यामपट्ट रात र दिनमा
शुख र खुशिकॊ ज्यॊति, बाल्छु भनि परदेशियँ ।।



गजल-परदेशमा मान्छेकै लिलामि हुनथाले

परदेशमा रॊजगारि हैन,मान्छेकै लिलामी हुनथाले ।।
जागिर पाउन नेपालिबिच,परस्पर गुलामी हुनथाले ।।

बिश्वमा जहाँ गएनि,नेपालि गन्धे कुसंस्कार उस्तै
मेलमिलाप हैन रे,नयाँ पुरानाबिच सलामी हुनथाले ।।

भिसाबिना जेलमा,साँझपर्ना साथ रक्सि नभइहुन्न
नेपालिहरूमा झगडा,सॊझामान्छे बदनामी हुनथाले ।।

कामले फुर्सद छैन,छुट्टि हुँदा दुश्मन सरह गर्दै
नेपलिहरू नेपालीकैलागि शत्रु र मलामी हुनथाले ।।



गजलःकॊहि साथ छैन ।।

अभागी र दुःखि हुँदा,कॊहि साथ छैन ।।
ब्यथाहरू बुझ्ने बिश्वासिलॊ गाथ छैन् ।।

अश्रुधारा बग्छ अबिरल मुटु चस्किँदा
सम्हालुँ कसरी थुमथुमाउने हात छैन ।।

दुःख लुकाइ सबैका सामु हाँसु भन्दै
लागुपदार्थ पिउँदानि केहि मात छैन ।।

रॊग,भॊक गरीबिले सधैँ पिल्सिँएर म
लाजढाक्न बस्त्र छैन,खान भात छैन ।।

श्यामपट्ट रात र दिन, सडकमै सुत्दा
भिखारीलाइ मद्दत गर्ने कुनै जात छैन ।।


गजल -सारदा खकुरेल
[My sister ]

'तिमी साथ हुँदा धेरै खुशी हुन्छु म ।।
खुशिले गगनका जुन तारा छुन्छु म ।।

तिमी नै मेरो ईश्वर तिमी नै मेरो पूजा ।।
चढाउन तिम्रैलागि प्रेमको माला उन्छु म ।।

तिमी नै मेरो सु:ख तिमी नै मेरो प्राप्ती ।।
ओरीपरी जताततै तिम्रै आवाज सुन्छु म ।।

तिमी नै मेरो खुशी तिमी नै मेरो जिन्दगी
तिमिसंग एकपल नभेट्दा धुरूधुरू रून्छु म ।।

नानाभाँति मिठा सपनाहरू संगालेर मनभरी
तिम्रै कल्पनामा अब एउटा गजल गुन्छु म ।।






हाम्रै गौरब ,हाम्रै चिनारी
बिश्वकै ताज सगरमाथा (श्याम रॊक्का)



तिमिलाइ नेपालीकै गौरब गाथ भन्छन्
नेपालकै पहिचान बिश्वकै माथ भन्छन् ।।

सदाबहार चाँदि र मॊति झैँ टल्कीरहने
बाह्रैमास सेताम्मै हिउँकै साथ भन्छन् ।।


सर्बेच्च शिखर भनि बिश्वभर प्रख्यात
आरॊहरण सहज दिन हैन रात भन्छन् ।।

दैबसंयॊग तिम्रै काखमा ज्यान गुम्दा
आरॊहिहरूले लर्बराएका लात भन्छन् ।।


अन्तिम शिबिर,कडा चल्दा हुरीबतास
प्रकृतिले यात्रुमाथी गर्ने घात भन्छन् ।।

स्वागत गर्छ सबैलाइ हाम्रै सगरमाथा
तेहा चढ्न खप्पिस शेर्पा जात भन्छन् ।।

प्रथमपल्ट नेपाली झण्डा फर्फराउने
तेन्जिङ शेर्पाकै सहासी हात भन्छन् ।।


यस किताबमा भएका गजलका अक्षरहरू अझ क्लियर पढ्न चित्रमाथी क्लिक गर्नुस् ।












No comments:

Post a Comment