Thursday, November 5, 2009

मेरा भावना र रचनात्मक गजलहरू

अभिबादन र सु-स्वागतम्....
गजल संग्रह र मेरा मनका भावनाहरू छरपष्टीयका यस ब्लगमा यहाँहरूलाइ हार्दिक स्वागतम्....श्याम
३ टा गजल फेरी टाँसे ल ..
गजल-
भावना पॊख्न खॊजेँ मैले ।।

रक्सीकॊ नशामा भावना पॊख्न खॊजेँ मैले ।।
पापी मायालाइ तराजुमा जॊख्न खॊजेँ मैले ।।

मन बुझ्न गाह्रॊ,बैँश सम्हाल्न अप्ठ्यारॊ
उनि हिड्ने पथ हरपल रॊक्न खॊजेँ मैले ।।

चॊखॊ मायाप्रेमकै प्यासमा,तड्पिँदा मन
उन्का दुःखका भारी बॊक्न खॊजेँ मैले ।।

जीबनभर खुशी दिइ,शुखशान्ति राख्दै
उन्कैलागि पन्चेबाजा ठॊक्न खॊजेँ मैले ।।

युबतिहरूकै भिडमा श्यामसुन्दरी नहुँदा
मन बुझाउन रक्सी धॊक्न खॊजेँ मैले ।।





गजल
जनतालै श्यामपट्ट मार्गतिर तान्नेहरूलाइ साबधान !!



चारजनाले नमस्ते गर्दैमा,नेता मान्नेहरूलाइ साबधान !!
समाजसेवी भन्दै ठग्ने , कैँची हान्नेहरूलाइ साबधान !!

सिधा गरीब नेपालीलाइ,फॊस्रा आश्वासनका भाषणदिइ
जनतालाइ रूवाएर सधैँ,कुर्सी धान्नेहरूलाइ साबधान !!

बन्द,हड्ताल,नारा जुलुस,अभाव र देश बिनाश पारेर
आतंककै बालुवामहल,बनाउन जान्नेहरूलाइ साबधान !!

देश चलाउने मन्त्री डा.अरे,गाँउमा अझै स्कुल छैन
नेता नै उत्कृष्ट खेति,बिद्वान ठान्नेहरूलाइ साबधान !!


छिमेकी मुलुककै इशारामा,सत्ता हाँक्ने परजिबी नेता
जनतालै श्यामपट्ट मार्गतिर तान्नेहरूलाइ साबधान !!



(श्याम रॊक्का)
अनेसास,इजरायल ।


गजल - तिमी नै हौ ।।


बात्तैपिच्छे रिसाउने तिमी नै हौ
दुःख,शुख बिसाउने तिमी नै हौ ।।

तीलसरी कुरालाइ हिमाल बनाउदैँ
हिउँझैँ मुटु चिसाउने तिमी नै हौ ।।

रिसराग मनभरी पालेर ब्यर्थैमा
घानफेर्दै पिसाउने तिमी नै हौ ।।

श्यामपट्ट अन्धकार यॊ जीबनमा
उज्यालॊ मिसाउने तिमी नै हौ ।।



Comments
Hari Manandharगजल नं ३ चाहि एकदम सही लाग्यो । अरू पनि राम्रा छन् तर यो चाहि एकदम । प्रयास जारी रहे सफलता नजीक रहेको यथार्थता जानकारी गराउँदै गजलका लागि धन्यवाद ।
31 minutes ago · DeleteReecha Sharma Tiwarivery nice creation da i
25 minutes ago · DeleteAshok Parthiv Tamangसुन्दरताको अनि कलात्मक हिसाबले मुल्याँकन गर्दा तेस्रो गजल नम्बर १ अनि पहिलो गजल नम्बर २ को सूचिमा पर्छ भने यथार्थपरक चेतनाको हकले गजल नम्बर २ पहिलो यानिकी सर्वोत्कृष्ठ ठहरिन्छ। श्याम जी ! यहाँलाइ हार्दिक बधाइ अनि नयाँ नयाँ यस्तै सिर्जनाहरू हामीलाइ पस्किरहनुँहोस् । धन्यवाद् !

तस्बिरमाथी क्लीक गरी अक्षरहरू ठुला बनाएर पढ्न सकिन्छ,धन्यबाद ।

रेगुलर अपडेटीङ भैरहने नेपाली गजल संग्रह ब्लगमा तपाइहरूका गजललाइ समेत सहभागी गराइ नेपाली भाषा र साहित्यलाइ माया गर्नुस भन्दै.......
गजल पाठकहरूलाइ स्वागतम् का साथमा जयनेपाल र नमस्कार .....

कृपया,चित्रमा भएका अक्षरहरू राम्ररी पढ्न तस्बिरमाथी क्लीग गर्नुस ।

लेखकःश्याम


सुन्दर नेपाल,गाँउ र भिरहरूलाइ जयनेपाल
युद्दमै रम्ने सबै फौजी बीरहरूलाइ जयनेपाल ।।

नेतालाइ पुगीसरी जनता मात्रै भॊकभॊकै हुदाँ
धनिका कुकुरलाइ दिइने खीरलाइ जयनेपाल ।।

आक्रॊशीत सधैँ बालक बुढा तन्नेरी नेपालमा
आमाले दर्शाएकी माया र पीरलाइ जयनेपाल ।।

क्षत्रीय,जातीय र साम्रदायीक भावना जगाइकन
फुट ल्याउने नेताका स्वार्थी तीरलाइ जयनेपाल ।।

अनपढ,सिधा नेपालीहरू नेताकै भरॊसामा पर्दा
जनतालै रॊपीयका भाला र झीरलाइ जयनेपाल ।।

सत्ता परीबर्तनमा अग्रणी जनतामाथी कुशासन गर्दा
लाजले नझुक्ने गन्धे नेताका सिरलाइ जयनेपाल ।।







गजल (श्याम रॊक्का)
अनेसास,इजरायल ।
नेपाली सबै जातलाइ सलाम

http://www.dc-nepal.com/poem.php?nid=607 लिङक डीसी नेपाल डटकम मा प्रकाशीत भैसकेका ।

नौलॊ जनबादकै समर्थनमा हल्लीएका हातलाइ सलाम
सामन्तबादलै निर्मुल गर्ने जनताका साथलाइ सलाम ।।

ति पीडीत गाँउले अनि ,अझै रूदैछ सिस्ने र जलजला
दैलेखमै बिस्कुन झै सुकेका लाशका खातलाइ सलाम ।।

पुराना नेताले देश डुबाए सधैँ कुर्सीकै मात्र लालचमा
शॊषक नेतालै फाँसीदिने युवानेताकै बातलाइ सलाम ।।

राजनैतिक बत्तिमा पुतलीसरी सिधा,गरीब जनताकै मृत्यू
श्रद्दान्जलीका ति दुइथॊपा आँशु, फुल र पातलाइ सलाम।।

तानाशाहि शासन हटाइ समाजबादी सिधान्तकै चाहनामा
हिमाल पहाड तराइका सबै आन्दॊनकारी गाथलाइ सलाम ।।

राजासंस्थाकै सिकॊ झैँ भारतकै भक्तनेता सत्तामा हुँदा
नेता उपर जनताले हानेका बज्रमुक्का,लातलाइ सलाम ।।

नयाँ नेपालकॊ नाँउमा स्वार्थी नेताहरूकै रजाँइ हुँदा तेहाँ
सत्ता फेर्ने समर्थनमा लड्रने नेपाली सबै जातलाइ सलाम ।।

बन्द हड्ताल,युद्द सधैँ शान्ति छैन राजनैतिक द्वन्दले
नपीएनि झुम्मपार्ने गन्धे राजनैतिक मातलाइ सलाम ।।




गजल (श्याम रॊक्का)
इजरायल ।
लालसलाम

देश र जनताहरूकै इच्छानुशार, नयाँ लडाइँलाइ लालसलाम।।
सरकारी सबै कार्यालयमाथी बन्द,धावा र चढाइँलाइ लालसाम ।।

जनताहरू भॊक्कै नाङ्गै सधैँ हरे, कुर्शीधारीहरू अझै मस्तीमा
सरकारै जल्ने राकेँजुलस, संखनाध र बढाँइलाइ लाल सलाम ।।

जनमतबाटै सत्तामा थिए माऒ,पुनःषडयन्त्र काग्रेस र एमालेकै
देखाइदेउ शक्ती लालसेनाका ,जनबादका पढाइलाइ लालसलाम।।

भेदछैनन् श्यामस्वेत बर्ण, जातभात छुवाछुत र प्रदेशमा अब
गन्धे नेतालाइ मास्दै देशभर,लालझण्डा गडाइलाइ लालसलाम।।

गजल


हरपल मायालुकै यादले मन जल्दॊ रहेछ
उन्कै एक तिरस्कारले तन जल्दॊ रहेछ ।।

भन्थिन् सधैँ तिम्रै ,साथदिन्छु जुनी भरी
अर्कैसंग सल्कीदाँ आत्मा झन जल्दॊरहेछ ।।

खै कस्लाइ दॊष दिउँ,जवानीकै चाहना यस्तै
मायाले नै घृणागर्दा आफ्नै पन जल्दॊरहेछ ।।

श्यामस्वेत बर्णमै बिबाद,अनायासै फाटॊ पनि
आगॊ बिना नै तेहाँ,मायाकॊ बन जल्दॊरहेछ ।।





गजल
परेवा झैँ हाम्रॊ जॊडी,मायाकै झॊली भर्न देउ न
साथदिइ शुख दुखमा ,संगै बाच्न र मर्न देउ न ।।

तिम्रैलागी जन्म लिएँ,साथै हुनेछु सयौँ जुनी
पीरब्याथाले बहकिदाँ,सहानाभुती छर्न देउ न ।।

मानब जीबन यस्तै,दुख र शुखकै श्रृंखलाहरू
तिम्रै हरेक मद्दतले ,दुखकै सागर तर्न देउ न।।

केहिबेर टाढा भएँ ,धन कमाउँ भन्ने तृष्णा
कत्ती बसुँ एक्लै यहाँ,तिम्रै छेउमा सर्न देउ न ।।

दिनहरू बित्छन् सजिलै,श्यामपट्ट रात कठीन्
तिम्रा प्यासी जीबनमा,झरना बनि झर्न देउ न ।।


नॊभेम्बरका गजलहरूः
माया

मायाप्रेम नै बाच्ने आधार,दुखलाग्छ उनि कड्कीँदाखेरी
जीबनभर साथ दिन्छुभन्दै,लुकिछिपी अन्तै छड्कीँदाखेरी ।।

त्यागेँ मैले तिम्रैलागी हरे, परीवार ,दर्जा र मातृभुमी
पाइन मैले नेपालीमाया,प्रबाशमा पलपल भट्कीँदाखेरी ।।

स्वाभिमानमा धक्का लग्दा ,सुस्ताउने ठाँउ खॊज्दै हिडेँ
छैनन् यहाँ निस्वार्थीहरू,रून्छु म मायालु खट्कीँदाखेरी ।।

भुलाउन खॊजेँ तिम्रा मुहार,सताउछ झन् तिब्र गतिमा
भक्कनियर रून्छ मन ,दिनरात यादले तड्पीँदाखेरी ।।

बाड्न खॊजेँ मनका ब्यथा,एक्लिँदा श्यामपट्ट रातमा
आफैमा धिक्कार लाग्छ,भुपु.मायामै मन अट्कीँदाखेरी ।।




गजल

ठुन्का ठुन्का भाँचिन् कम्मर,जब देखिन् मलाइ
संगै बसमा चढ्दा तेहाँ, हल्का ढेसिन् मलाइ ।।

गन्तब्य हाम्रा अलग थिए,यात्रा संगै भएपनि
मन्ध मुस्कान छाड्दै उन्ले,कर्के हेरिन् मलाइ ।।

परिचयकै शब्दजाल फ्याँकिन्,मिठा मुस्कान छर्दै
पुनर्मीलनकै प्रेमी झैँ ,अंगालॊमा बेरीन् मलाइ ।।

प्रबाशमा नेपालीमाया ,दुःखशुखका कुरा साट्दै
बढ्यौँ अन्धॊ प्रेमप्रथमा, धेरैप्रश्न केरीन् मलाइ।।




गजल
अक्टुबर १


मायालुकै उपहार सम्झी ,आँशु पनि पीएँ मैले
तुच्छ बचनले मन फाट्दा,धैर्यताले सिएँ मैले ।।

मेहनत र दुःख अनि, भॊक्कै प्यासै खट्दाखेरी
आफ्नॊ आँशु लुकाएर,हाँसॊ उन्लाइ दिएँ मैले ।।

सबैका सामु चिनाइ,उच्च सँस्कार सिकाउभन्दा
धेरै गाली र अबजश,उन्कै नाँउकॊ लिएँ मैले ।।

लक्ष्यबिहिन जीबनमा, नहुँदा खेरी मार्गदर्शन
स्वयं पलपल मरेर यहाँ,उन्कै लागी जीएँ मैले ।।





डीसीनेपालबाट साभारः
प्रीती गुरूङ (अमेरीका)
सिकारू ,गजल

(नमस्कार पाठकबृनदहरू,
मलाइ श्याम रॊक्का जी का गजलहरू खुब मन छुने लाग्छन् सहायदै अरूलाइ पनि यस्तै लाग्ला तर गजलका बिषयम तेती ज्ञानी त हैन तर खुब जगजीत सिँ का इनडीयन गजलमै रमिरहन्छु तर यसपाली
मैले गत मैनादेखि नियमीत डीसी नेपालमा इजरायलबाट नेपालीहरूका अधिकतम् साहित्यिक लेखहरू पडिरहेँ तेस्मा नि श्याम जी र गीता जी का लेखहरू अत्याधिक देखिन्थे अनि तेसैमध्य मलाइ मनपर्ने गजल क्षेत्रमा बिशेष र बिबिध प्रशंगमा कलम चलाइएका श्याम रॊक्का जी का कलम र हातहरूले निरन्तर र सफलता पाउन् भन्ने शुभकामनाका साथ मैले नि सिकारू गजल लेख्ने प्रयास गरेँ उहाँ श्रद्दय श्यमजी कै ५० भन्दा धेरै गजलहरू हेरेर...अतःयस सिकारू गजल उहाँ श्याम जी कै सुधारचेतनाकै शब्दहरूकै सम्झनामा...बिश्वभर प्रख्यात एकमात्र नेपाली न्यूज साइट डीनेपाल डट कमद्वारा प्रकाशनका लागी पेश गरेँ.)

गजलःश्याम जी

श्याम जी सधैँ हजूर,सुधारचेतना भै अ।इरहनु
नेपाली गजल फाँटमा,गजला झैँ नम्र छाइरहनु ।।

पढेर तपाइँका गजल ,बहलाँउदा यि मानसपटल
हरेक बिधामा छन्,कतै,कबै हरेस न खाइरहनु ।।

दुःख छ प्रबाशमा ,संघर्ष र बेदना कत्तिकत्ती
रत्तिभर नचुक्नु ,तपाइले प्रशंसामात्रै पाइरहनु ।।

मनछुने र रमाइला,गजल पढ्न भनि हजूरकै
नेपाली पाठकहरू सधैँ,डीसीनेपाल नै धाइरहनु ।।


मित्र बिना एक्लिदाँ, अश्रुधारा अबिरल बग्दा
अजम्मबरी माया"प्रिती" म संगै लाइरहनु ।।




गजल
यादले रून्छु प्रियसीकै,कुटुकुटु मन खाइरहन्छ
प्यासी मेरा नयनहरू,तिम्रै खॊजीमा धाइरहन्छ ।।

खै कहिले भेट हॊला,भाछन् चाहनाहरू अतृप्त
मुसार्दा तिम्रा चित्र,हृदयमा सितल छाइरहन्छ ।।


तिमि धेरै टाढा हुँदा ,गहभरी अश्रुधारा पनि
बिरहले भक्कानिएँ ,बिछॊडकै संका पाइरन्छ।।

धेरैसंगै साट्न खॊजेँ,मेरा मनका तितॊसत्य
मायालु साथी छैनन्,तिम्रै याद आइरहन्छ ।।

रिसाइ सधैँभरी तिम्ले,श्यामबर्ण मुहार पार्दा
यॊ ज्यानले तिमिसंगै ,अमरप्रीती लाइरहन्छ ।।


गजलसंगै एउटा हृदय बिदारक कबिता फुरेकाले समाबेश नगरीरहनै सकिन,स्विकार्नुस ल ।
कबिता - दुःखी छु म...(श्याम रॊक्का)
अनेसास,इजरायल ।

मेहनत गर्दागर्दै नि, पाएँ अश्रुधारा उपहार
धैर्यताकॊ बाँध फुटे, सबैले गर्दा तिरस्कार ।।
दिनरात कलह र कटाक्ष, पैदा हुन्छ मनमा
भॊक निन्द्रा केहि छैन, उमंग छैन तनमा
परीवार,दुधेबच्चा छाडी, यहाँ एक्लै हुनुपर्दा
निरश लाग्छ जीबन, भक्कानीयर रूनुपर्दा ।।
प्रबासीन बाध्य भएँ ,धन कमाउन भन्दै
शुखकै मृगतृष्णामा ,बस्याछु दिन गन्दै ।।
सबैभन्दा अत्यावाश्यक, धन भयॊ यहाँ
दुःखकै सागरमा पौडीरहेँ, शुख गयॊ कहाँ ??
सत्मार्ग खॊज्दैछु, सुन्यतामा एक्लै हराइ
पैशानै मेरा मित्रभए ,आफन्त सबै पराइ ।।
मेरा जीबन भएकाछन् , खडेरीकै खॊला
कहाँगइ ब्याथा पॊखुँ ,कस्ले बुझ्छ हॊला ।।
चाडपर्ब दशैतिहार, रमाइलै हुन्न मलाइ
मर्छुक्यारे अब, बेदनाकै अग्नीले जलाइ ।।
किन किन जीबन, मलाइ साह्रै भार भॊ
माया बिना एक्लै, बाँच्नु के सार भॊ ??




गजल

नेपाली डीग्री बिदेशमा, खै कहाँ काम रहेछ ?
सबैका चिनारी एकै,मजदुर नै नाम रहेछ ।।

ऋण खेपी आइयॊ,रॊगीपागल र अपांग हेर्न
सुत्नैपर्ने कुर्शीमा ,खाना ब्रेड र जाम रहेछ ।।

फिँजीय हल्ला सधैँ,नयाँ भिसा खुले यहाँ
नखुल्दै भिड तेहाँ, आबेदकहरूकै लामरहेछ ।।

दुधेबालक छाडीकन, दुइदम्पति अलगठाँउमा
घरपरीवार छाड्यौँ तेहाँ,अपरीहार्य दामरहेछ ।।

आँशु पीउँदै बाच्नुपर्दा,अनुहारमा श्यामपॊतॊ
मध्यान्नमा खटेउँ,दॊषी प्रबाशकै घामरहेछ।।







गजल
कहिलेकाँहि बुढेसकालमा ,बैँशले हड्डी चिलाउदाँखेरी
अचम्मकै मज्जा आहा, तरूनिसंग नेत्र मिलाउँदाखेरी ।।

मन्दमुस्कान छर्दै तेहाँ, छेउमै आइन् एउटी सुन्दरी
जवानी नै फर्के क्यारे ,तिन्ले नै रक्सी पिलाउँदाखेरी।।

अर्धनग्न अनि मादहॊस भइ ,कॊहि काखमा बस्दा
अलौकीक आनन्द छ, मनका ब्यथा बिलाउँदाखेरी ।।

श्यामपट्ट मध्यरातमा, महिलापुरूष लड्दै भिड्दा
च्यातिदाँ अंगहरू ,गाह्रॊभॊ मायाले सिलाउदाँखेरी।।








गजल (रिसाउदाँ माया)

रिसाउँदा माया मेरी,फुल छर्न मनलाग्छ मलाइ
ति मुहारमा फेरी, खुशी भर्न मनलाग्छ मलाइ ।।

गल्ती भए माफ गर, नबगाउ अनमॊल अश्रुधारा
जे भएनि तिम्रै छेउछाउमा, पर्न मनलाग्छ मलाइ।।

कहिँकतै छुटेउँ भने ,जीबन हुन्छ शीसिर ऋतु
हरीयाली ल्याउने बर्षाझैँ, झर्न मनलाग्छ मलाइ।।

नरिसाँउदा सुन्दरी थेउ,रिसाउदाँ बिछट्टै झन्।।
सम्झौताका मिठा कुरा ,गर्न मनलाग्छ मलाइ ।।

खप्न नसक्दा रिसलाइ,श्यामबर्ण मुहार हुँदा
मिलिजुली सधैँभरी ,बाच्नमर्न मनलाग्छ मलाइ ।।










गजल


मायाप्रेम सबन्ध गाँस्न ,बॊल्दा चिप्लॊ घस्यॊ तेहाँ
पत्तै नपाइ एकआपसमा ,मित्रताकै बिउ खस्यॊ तेहाँ ।।

झ्यलबाट देख्थेँ सधैँ , हुनैपाउँदैनथे गफगाफ पनि
सुटुक्कन मेरॊ मन, मायाजालमा फस्यॊ तेहाँ ।।

बॊल्न नपाएनि साथीसंग,कहिले देखुँ जस्तैहुन्थेँ
तेहि सुन्दर,चन्चल मुहार,यॊहृदयमा बस्यॊ तेहाँ ।।

खै अचेल त धेरैभए,पाइन उस्लाइ देख्न मैले
दिनरात चयन छैन,हरपल यादले डस्यॊ तेहाँ ।।






नमस्कार ,सम्पूर्ण पाठकबर्गहरूमा यी मेरा गजलहरूमा तेत्तीसाह्रै नियम,मिटर ,बहर इत्यादि पुर्णरूपमा समेटियका छैनन् तर अचेल नेपालका श्रीसस्थ गजलकारहरूले काफीया मिलेका कुनैपनि बिषयमा लेखिएका कम्तिमा ६ वट मत्लाहरू भएका लेखलाइ गाइये वा सुन्ने गजल भनिन्छ भन्ने स्पष्ट परीभाषा गरेका हुनाले मैले नि इजरायली प्रबासमा रहँदा सिक्ने क्रममा तयार पारेका केहि नयाँ गजलहरू ........................


गजल - शुहागरात
लेखकःश्याम रॊक्का,अनेसास (इजरायल)

नयाँ बरबधु कुर्छन तेहाँ, रात कहिले पर्लाभनि
कौतुहल भइ गमीरहन्छन्,शुरू कस्ले गर्लाभनि ।।

लजालु स्वभाब केटीमा,तम्सीन्छ उहि पुरूषनै
उघार्न खॊज्छ घुम्ती,डराउँछ अरूबस्त्र सर्लाभनि ।।

नयन जुधे आपसमा ,मन्दमुस्कान साटफेरपनि
दुबैजना शंकित छन् ,कस्ले अंगालॊमा भर्लाभनि ।।

मुटु धड्कीन्छ तेजले, परस्पर हातहरूकै स्पर्षमा
प्रतिक्षामा छन् दुबैजना, खुशी कस्ले छर्लाभनि ।।

बर्षे मीठा चुम्बनहरू आहा, छरीन थाले कपडाहरू
आत्तिइन् नयाँबधु, श्यामपट्रटरात कहिले टर्लाभनि ।।








गजल ६६
उर्लिन्छ छालहरू आहा ,समुन्द्र पारी हजूर
रून्छमन प्रबाशमा,बस्नुछ मन मारी हजूर ।।

तड्रपीन्छु उन्कै यादमा,चिरीन्छ यॊ छाती
मायालु छन् उता,आफु नौडाँडा वारी हजूर ।।

कहिले फर्किउँला खै, तेहि गाँउ बेशीमा
तेहाँ पनि उस्तैथे,यहाँ दुखकै घारी हजूर ।।

धन कमाइ परदेशमा ,सबैलाइ हसाँउभन्दा
ऋण तिर्याछैन अझै,बन्धकीछ घरबारी हजूर ।।

दिनमा मात्र हैन,खट्याछु श्यामपट्ट रातमा
भॊकैनाङ्गै दुःख गर्दा,गले मेरा नौनारी हजूर ।।


(गजल) अस्पतालकॊ शैयाबाट..........( मेरा मित्र अर्जुन जयसवालका लागी डेडीकेसन गजल)

अस्पतालकॊ शैयामा छु ,कॊहि साथीछैन
घेर्दाखेरी रॊगले यहाँ,प्रभुनै म माथीछैन ।।

स्वस्थहुँदा सबैका प्यार,आज पाँए हेलाँ
अशक्तमात्र हुँ म ,तेत्तीसाह्रै नजातीछैन ।।

असह्रय पीडाहुदाँ,केबल इश्वरकै भर छ
चढाउँछु रित्तै भक्तीभाव,फुल पातीछैन ।।

गरीब अनि रॊगी , दुखी र निर्बल हुँदा
अश्रुधारा कत्तीकत्ती,नाप्न माना पाथीछैन ।।

यत्तिठूलॊ भिडमा,श्यामबाण लाग्दा मलाइ
ब्यथा पॊखि लॊलाउने,मायालु छातीछैन ।।





प्रीयसिकै गुणगान गाउनदेउ मलाइ
तिम्रै मनमन्दिरमा आउनदेउ मलाइ ।।

उर्ले हॊलान् तिम्रा चन्चले बैँश पनि
तिमी हिड्ने पथमा धाउनदेउ मलाइ ।।


भाछौँ तिमि र म नदिका दुइ किनारा
न्यानॊमाया जीबनमा पाउनदेउ मलाइ ।।

निरश हुन्छ जीन्दगानी एक्लै बाच्नुपर्दा
चॊखॊ मायाप्रीती सधैँ लाउनदेउ मलाइ ।।

कर्के तिम्रा हेराइ श्यामबर्ण मुहारमा
अलिकत्ती खुशी तेहाँ छाउनदेउ मलाइ ।।

No comments:

Post a Comment