Thursday, November 5, 2009

गाँउलेकै मनमा(गजल)

स्वच्छ मायाँ हुन्छ रे गाँउलेकै मनमा
नयनजुध्दा मुस्काइन उहि सल्ले बनमा ।।


कसरी भनुँ उनलाइ हृदयका भावनाहरू
रिसाएर तर्केलिन् कि, ठेस पुग्ला तनमा ।।

गुन्युचॊली चिटिक्क, चुल्ठी कपाल बाटेर
चन्चल अनि मृदुभाषी राम्री आफ्नैपनमा ।।

पानि खाने निहुँपारी भेटेँ तेहि कलधारामा
जागीरे म गॊर्खा फौजकॊ फर्के उहिँ रनमा ।।

बल्लतल्ल माया भेटेँ प्यारॊ जन्मभुमीमा
प्रेममा भन्दा शक्तीरेछ तेहि जागीर,धनमा ।।

No comments:

Post a Comment