Thursday, November 5, 2009

अन्तरजातीय प्रेम(गजल)

तिम्लाइ पाँउभनि ,मनकामना भाकेँ मैले
धेरै भाकल पुजा, कैँयौ ब्रत राखेँ मैले ।।

जबानिकै उर्लाइमा भेटेँ धेरै युबतीहरू
बैँशमा राम्री सबै तिम्लाइ नै ताकेँ मैले


रूडीबादि परम्परा नेपाली समाजभित्र
कुसँस्कार र छुवाछुत, यस्लाइ नाघेँ मैले ।।

अनुशासन र जेष्ठता मानबिय मर्यादा रे
बाआमा देउतासरी तिम्रै हात मागेँ मैले ।।


जातभातकै कुरा उठे ठूला र साना अरे
चुनौती दिएँ तेहाँ तिम्लाइ लिइ भागेँ मैले ।।

(समाजमा समानता ल्याउन अन्तरजातीय प्रेमलाइ मान्यता दिउँ)

2 comments: